:: Gurung Artists ::
  कलामा रमाउँदै कला

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः प्रेम गुरुङ

 
गोलो अनुहार अनि मिजासिली । बोलीमा नरम अनि ज्यादै मिलनसार पनि । भन्नुपर्दा कुनै पनि खोट छैन उनमा । भर्खर यौवनले धपक्क बलेकी उनी, शहरबजारमा विकेका आधा शरीर ढाक्ने लुगा भने पटक्कै मन पर्दैन । परम्परागत संस्कार र संस्कृतिमा हुर्केकी उनी पटक्कै लजाउँदैनन् । उनी सवैसामू खुलेर बोल्छिन् अनि खुलेरै आफ्नो प्रतिभा देखाउँछिन् ।
 
Kala Ghale, Siurung Village, Khudi VDC, Lamjung

'कला' भनेर चिन्छन् सवैले उनलाई । उनी नाच्नमा निक्कै खप्पिस छन् । कला भएरै होला अन्ततः विद्यार्थी जीवनको छविकला गुरुङवाट अन्ततः उनको नाम कला मात्रै रन गयो । उनी अहिले लमजुङ सदरमुकाम वेसीशहरस्थित जन विकास उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा पढि्छन् ।


२०४९ साल कार्तिकमा खुदी गाउँ विकास समिति वडा नं. ९ सिउरुङमा बाबा नन्द घले र आमा मिश्रीमाया घलेको कोखवाट माईली छोरीको रुपमा जन्मिएकी कलाले निमावि तहको अध्यनन भने गाउँकै लता कुञ्ज निमाविमा गरेकी हुन् । गाउँवाट विद्यालय टाढा परेकै कारण सदरमुकाम आएर पढ्न बाध्य कलाले शहरबजारका स्टेजमा आफ्नो धेरै कला प्रस्तुत गरिसकेकीछन् । वेसीशहर र आसपासका बजारमा भएका कार्यक्रममा उनको नृत्य देख्न नपाएपछि दर्शकहरु खिन्न हुन्छन् । सांस्कृतिक कार्यक्रम हुने वित्तिकै उनको नाम पुकार्छन् दर्शकहरुले ।

मेलापात जाँदा होस् या गोठालो जाँदा । रेडियोमा नाच्ने खालका गीत आउने वित्तिकै सवैकाम छाडेर नाच्ने गरेकी गाउँले बालिका अहिले सदरमुकाम वेसीशहर लगायत लमजुङ र वरपरका जिल्लाहरुमा प्रख्यात कलाकारको नामले चिनिन्छ । आफ्नो कला देखाउन लमजुङका ग्रामीण क्षेत्रबाहेक हिमालपारिको जिल्ला मनाङ समेत पुगेकीछन् । पर्यटकीय गाउँ सिउरुङस्थित पर्यटन ब्यवस्थापन उप-समितिका सचिव उमरबहादुर गुरुङ कला नै सिउरुङ महोत्सवको आकर्षाको एक पात्र भएको वताउँछन् । भन्छन्, 'महोत्सवमा कला नपुगे महोत्सव जस्तै लाग्दैन ।' कलाको नृत्य हेर्नका लागि भनेपनि टाढाटाढाबाट पर्यटक आउने र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको गुरुङको भनाई छ । १७ वषिर्या कलाको वास्तविक नाम कला घले हो । नाच्नुको अलाव भ्रमण, अध्ययन र अभिनयलाई विशेष चासको रुपमा लिन्छन् उनी । उनको चासो र उद्देश्यका कारण पछिल्लो पटक गुरुङ भाषाको चलचित्र 'आक्रोदो' मा पनि उनले अभिनय गरेकीछन् । 'समयले साथ दिएमा नृत्य र अभिनयलाई साथसाथै लैजान्छु' उनको भनाई छ ।

विना कसैको प्रेरणाविना कलाले नाचेरै धेरै प्रख्यातिहरु कमाएकाछन् । तमु छोँज धिँ लमजुङले गतवर्षआयोजना गरेको खुल्ला नृत्य प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेकीहुन् । विद्यालयस्तरमा गरिने नृत्य प्रतियोगितामा उनले धेरैपटक प्रथमस्थान हासिल गरिसकेकीछन् । नाच्नकै लागि लमजुङका पर्यटकीय गाउँहरुमा पुगेका कलाले गाउँलेको मायाका साथै धेरै मानसम्मान पनि पाएकीछन् । उनी आफ्नो पर्ढाई पुरा भएपछि लक्ष्य प्राप्तिका लागि डटेर लाग्ने वताउँछिन् । उनको लक्ष्य भविश्यमा कुशल नृत्यकार तथा कलाकार बन्ने छ ।


नृत्यमा देखिएका आधुनिकतालाई उनी मन पर्दैन । उनलाई सांस्कृतिम पहिरन मन पर्छ । विद्यालय पोशाकबाहेक उनी प्रायः आफ्नो मातृ ड्रेस गुरुङ पोशाकामा भेटिन्छन् । आधुनिकताका नाउँ बेचेर आफ्नो शरीर नढाक्ने लुगा लाउने युवतीहरुलाई आफ्नो राष्ट्रियता सम्भिmन उनी आग्रह गर्छिन् । विदेशी कलाप्रति उनको वितृष्णा छ । त्यसैले त कला, कला देखाउँदै, कला बचाउँदै हिँडेकीछन् ।

lamjungnews@gmail.com

Posted on:July 28, 2009, 12:25 am

 

Comments

dhan s. korea
03 Aug 2009, 03:07
kala ko kala sundar ra ramro hunema ma dukka chhu kunnee khot chhina
dhan s. korea
03 Aug 2009, 03:07
kala ko kala sundar ra ramro hunema ma dukka chhu kunnee khot chhina
dhan s. korea
03 Aug 2009, 03:07
kala ko kala sundar ra ramro hunema ma dukka chhu kunnee khot chhina
dhan s. korea
03 Aug 2009, 03:07
kala ko kala sundar ra ramro hunema ma dukka chhu kunnee khot chhina
Tejendra Rana
05 Aug 2009, 07:35
Naam pani kala, "tesaile ta kala dekhaudai, kala bachaudai hidekichhin..."
Thaman "Bishwas"
23 Aug 2009, 05:49
sabai bhanda pahila pratik mitra lai ani dai prem lai dherai dhanyabad tapai haru le euta pratibha ko kala lai ujagar garne darilo madyam banidinu bhayeko ma ani kala bahini tapaiko dance ani artice ma hunu parne gun maile dekheko chhu pragati gardai janu la subhakamana.
john frm uk
15 Sep 2009, 01:57
i think the snap is not so beautiful.i think she is not qualified.i have seen her dances and her activities ani i think she is kalaless.her habit is as like a broker play girl.at once she offer me to sex so she is worthless.at last i wanna requst to kallaless girl u may change yor habbit.
yamgurung japan
11 Oct 2009, 07:24
jasto naam testai kala diyeko cha bhagawan le... agadi badne prayas gara abasye yekdin timro manjeel paaune chau i wish u all the best...kala
yamgurung japan
11 Oct 2009, 07:25
jasto naam testai kala diyeko cha bhagawan le... agadi badne prayas gara abasye yekdin timro manjeel paaune chau i wish u all the best...kala
yamgurung japan
11 Oct 2009, 07:25
jasto naam testai kala diyeko cha bhagawan le... agadi badne prayas gara abasye yekdin timro manjeel paaune chau i wish u all the best...kala
yamgurung japan
11 Oct 2009, 07:29
hi kala ........i wish u all the best ........agadi bada kala timee sangabhyeko kala dekhaudai jaau yek din manjil ma pugne chau......
mekh uncle
31 Oct 2009, 11:31
nepali culture partiko bhawana malai pani sarai man paryo....
dherai dherai pragadi gardai janu kala lai na aafno career banauna ra saphalata hunu
all the best.
dipan brother
31 Oct 2009, 19:28
Hi kala sis...best of luck...
afno grg culture ani dancelai agadi badhaudai janu suvakamana.
*Name:
Email:
Notify me about new comments on this page
Hide my email
*Text:
 
 
Prem.net.np is not responsible for any content or the accuracy of the contents in any opinion article. Respective authors and bloggers are responsible for the contents that comes in the interaction.
 
© http://www.prem.net.np All Rights Reserved!
Visitor No: