जति रमाए
पनि मन अघाउदैन
घान्द्रुकमा
, त्यहाँ पुग्नेहरु
प्राय यही
भन्ने गर्छन्
। कति सुन्दर
छ कास्कीको
पर्यटकीय
गाउँ घान्द्रुक
। स्वदेशी
मात्र हैन
धेरै विदेशी
पर्यटकहरुको
लागि घान्द्रुक
रमणिय स्थल
वनेको छ ।
पहिलो पटक
पुग्ने मात्र
हैनन् बारम्वार
पुग्नेहरु
पनि यसरी नै
मख्ख पर्छन्
यहाँको रमणियतामा
लुटपुटिन
पाएपछि । हो
त यहाँ पुगेपछि
मनै चंगा बन्छ
। यहाँ पाइला
राखेपछि विदेशी
मात्र हैन
स्वदेशीको
पनि मन प्रफुल्ल
हुन्छ ।
आकर्षण
तवरले ढुङ्गाले
कुदेर बनाइएका
गुरुङ घर
र अत्यन्त
निकटवाट
देखिने अनपूर्ण
र द्यौलागिरी
हिमश्रृङखलाहरुको
अनुपम दृश्यहरुले
जसको पनि
मन पग्लिहाल्छ
। सखारै उठेर
जहाँवाट
हेर्दा पनि
हिमाल छयाङ्गै
खुलेको देखिन्छ
। आँखैमा
टाँसिन आइपुग्ने
हिमाल हेरेर
कत्ति धित
मदैन । जति
हेरे पनि
हेरु-हेरु
वनाउछ । झनै
जुनेली रातमा
हिउँ परेको
हिमाल टल्क
टल्किदा
आँगन्तुहरु
त्यो दृश्य
हेरेर अघाँउदैनन्
। यही भएर
त होला स्वदेशमा
मात्र हैन
विदेशमा
पनि उतिकै
लोकप्रिय
वनेको छ पर्यटकीय
गाउँ घान्द्रुक
। कसैकसैले
घान्द्रुकलाई
'पहाडकी रानी'
भनेर पनि
उपमा दिएका
छन् ।
पुरानो
मौलिकता
वोकेको ढुङ्गाले
कुदिएका
घरहरु र सेतै
हिमालहरु
खुल्दा र्स्वर्गको
एक हिस्सा
नै भएको अनुमान
लगाउन जोकोहीलाई
पनि गारो
पदैन । पछिल्लो
समय केही
घरहरु ढलान
गरेर आरसीसी
गर्न थालेपछि
भिन्नै मौलिकता
बोकेको घान्द्रुकको
पहिचान घुम्ने
त हैन भन्ने
चिन्ता स्थानिय
समाजसेवी
पदमलाल गुरुङको
छ । केही घरहरु
यसरी वनेपनि
अहिले हामीले
ढलान गरेर
घर बनाउन
प्रतिबन्ध
लगाएका छौ,
गुरुङले
भने-'ढुङ्गाले
छाएका घरहरु
घान्द्रुकबासीको
परम्परागत
पहिचान हो
।' यति मात्र
हैन कुदेका
ढुङ्गाले
छापिएका
सिढी नै सिढी
भएको बाटोले
पनि यहाँको
शोभा बढाएको
छ । यस्तो
बाटोमा पर्यटकहरु
हिडडुल गरेको
हेर्न धेरै
समय देखि
पाएका थिएनन्
घान्द्रुकवासीले
। तर हिजोआज
लहरै पर्यटकहरु
हिडडुल गरेको
हेर्न पाउँदा
दंगदास छन्
उनिहरु ।
पर्यटकहरु
बढ्न थालेपछि
जाँगर पलाएको
छ घान्द्रुकवासीको
।
घान्द्रुक
छयाङ्गै
खुलेको हिमाल
हेर्न र अन्नपूर्ण
वेस क्याम्प,
पुन हिल पुग्ने
अत्यन्त
उपयुक्त
पदयात्रा
मार्ग पनि
हो । पोखराको
नयाँ पुल
धम्पुस लान्द्रुक
हुदै पदयात्रा
आउनेहरु
हुन की पुन
हिल पुग्नेहरु
हुन हरेकको
केन्द्रविन्दु
र थकान मार्ने
स्थल हो घान्द्रुक
। यहाँ आराम
नगरी कोही
र्फकदैनन्
। घान्द्रुकको
दृश्यलाई
क्यामेरामा
कैद गरेर
क्यामेरामेनहरुले
सुन्दर पोष्टर
वनाएर देश
विदेशमा
समेत उतिकै
पुर्याएका
छन् । पोष्कार्ड
मार्फ पनि
यो ठाउँको
देश विदेशमा
चिनारी भएको
छ । छिरल्लिएर
रहेको गुरुङ
वस्ती र सेतै
हिमाललाई
एक साथ क्यामेरामा
कैद गर्न
भने हम्मे-हम्मे
पर्छ । केही
गाउँको दृश्य
र हिमाललाई
एक साथ क्यामेरामा
सजिलै कैद
गर्न सकिन्छ
।
अधिकांश
गुरुङ समुदायको
बसोबास रहेको
घान्द्रुकका
बासिन्दाहरुको
यातायतको
साधन भनेको
घोडा खच्चड
नै हो । यसैवाट
उनिहरु सामानहरुको
ढुवानी गर्ने
गरेका छन्
। यहाँका
८० प्रतिशत
वासिन्दाहरु
लाहुरे छन्
। मिलेको
समाज र उनिहरुको
सरल व्यवहारले
आगन्तुकहरुलाई
झनै भुतुक्क
पार्छ । गाउँलेहरु
आफैले विजुली
उत्पादन
गरेर घर झिलीमिली
पारेका छन्
। द्धन्द्धका
कारण विस्थापित
भएकाहरु
पनि अहिले
गाउँ र्फकन
थालेपछि
यहाँ चहलपहल
छाएको छ ।
सय वर्षअगाडी
सम्म त सात
सय घान्द्रुक
नामले परिचित
थियो यो ठाउँ
। जतिवेला
यहाँ सात
सय मात्र
घरहरु रहेको
यहाँका बुढापाकाहरु
वताउछन्
।
हाइटमा
रहेकोले
पनि यहाँवाट
हिमाल मात्र
हैन वरिपरिका
डाँडापाखाहरु
पनि चित्ताआकर्ष
देखिन्छ
। ६ हजार ७
सय फिट उचाईमा
रहेको घान्द्रुक
पुग्न कास्कीको
नयाँपुल
पुगेर मोटरवाट
ओर्लेपछि
करीव पाँच
घण्टा पैदल
हिडनुपर्छ
। यो रुटवाट
हिडेर घान्द्रुक
पुग्न पर्यटकहरु
लालयित हुने
गरेका छन्
। अझ यो महिनामा
घान्द्रुक
पुग्ने हो
भने वनपाखामा
फुल्ने राताम्मे
गुराँसले
झनै मनमोहक
देखिन्छ
त्यहाँको
वातावरण
।
राजधानीवाट
हेलिकप्टर
चार्टर गरेर
पनि घान्द्रुक
पुग्ने गरेका
छन् पर्यटकहरु
। माओवादीले
पर्यटकहरुवाट
चन्दा उठाउन
शुरु गरेपछि
विरेठाटीवाट
गत साल घान्द्रुक
आउने पर्यटकहरु
धेरै फर्कै
। त्रासका
कारण धेरैले
घान्द्रुकको
यात्रा स्थगित
गरे । तर अहिले
त्यो अवस्था
रहेन । सवैतिर
शान्तिको
अनुभव हुन
थालेको छ
। अहिले निर्धक्क
साझ सम्म
पनि पर्यटकहरु
हिडेर घान्द्रुक
पुग्ने गरेका
छन् ।मनिसा
लजका डम्वर
वहादुर जिसी
भन्छन्-'गत
सालको अनुपातमा
पर्यटक आँगमनमा
धेरै सुधार
आएको छ ।'
फेरी
पर्यटकहरुलाई
आकषिर्त
गर्ने वातावरण
त छनै । उपयुक्त
मौसम र यहाँको
चिसो र मिठो
पानीले क्षणभर
मै तिर्खा
मेट्छ । झनै
गुरुङ सग्रहालय
पर्यटकहरुको
अर्को रोजाइ
हो । यहा अति
पुराना सामानहरु
संग्रह गरेर
राखिएको
छ । यही गाउँको
उचाईमा रहेको
गुरुङहरुको
इस्ट देवता
भ्रेज मेश्रोम
वराह मन्दिर
अर्को आकर्षाको
केन्द्र
हो । यहाँवाट
वरिपरिका
दृश्यहरु
अति नै राम्रो
देखिन्छ
। घान्द्रुक
आफैमा छुट्टै
नाम हुँदा
हुदै पनि
यहाँ रहेका
यी यस्तै
स्थलहरुले
पनि यसको
गरिमालाई
अझै माथि
उठाएको छ
। यतिबेला
त झन घान्द्रुकबासीलाई
फुर्ति आएको
छ । गाउँमा
चहपहल उस्तै
देखिन्छ
। घान्द्रुकलाई
एउटा पर्यटकीय
स्थलको रुपमा
अझै विस्तार
गर्न सरकारले
केही गर्ने
पर्ने धारणा
यहाँका बुद्धिजिवीहरुको
छ ।
dai namaste
t5apai ko mail padera ramilo lagyo tara, gandruk matarai hoina nepal ko
sundarata , tapaile bujghnu hola ok dai
pem mountain guide
Web Admin
12 Nov 2009, 22:12
Prem Ji dhannebad comments ko lagi. Ho sachhinai bhanne ho bhane hamro des
yeti sundar chha bayan garera sadeyai chhaina hagi. Kripaya tapain sanga
testo infomations chha bhane kripaya email ma send garnu hola ma website
ma rakhi dine chhu. Dhannebhad!
arjiv shr
23 Nov 2009, 03:31
I love nature so much.Nothing to comment if possible I would like to add
photos of some other beautiful places.
Prem.net.np
is not responsible for any content or the accuracy of the
contents in any opinion article. Respective authors and
bloggers are responsible for the contents that comes in
the interaction.