» GURUNG VILLAGES INFORMATIONS ::
 
>> याङजाकोट - कास्की
पर्यटकीय गाउ याङजाकोट एक परिचय
Yangjakot(Kaski)   कास्की जिल्लाको उत्तर पूर्वी भेगमा पूर्वी भेगमा अवस्थित सुन्दर

एवं मनोरम पर्यटकीय गाउ याङ्जाकोट सदरमुकाम पोखरा देखि झन्डै ३१ किलोमिटर टाढा थुमाको डाडा गा. वि. स. अन्तर्गत पर्दछ । ल्ल हुन्छ ।

यो गाउ गा. वि. स. को वडा नं. १,३, र ५ मिलेर बनेके छ । मुलतः गुरुङहरुको बाहुल्य रहेको यस गाउामा गुरुङ जातीको अलवा, कामी, दमै, सार्की, तामाङ्ग, क्षेत्री आदि जातीका मानिसहरुकेा पनि केही मात्रामा बसोबास रहेको छ । प्राकृतिक रुपमा अत्यन्तै सून्दर देखिने यो गाउ स-साना डाडा काडा हरियाली घना जङ्गल र फराकिलो खेती योग्य खेतबारीको बीचमा रहेको छ ।  

करीब २९० घरधुरी रहेको यस गाउमा बदलिदो समय चक्रसंगै बसाई सर्ने र विदेशीने क्रमले गर्दा अझ बस्तीहरु प्ाातलिदै गएकेा छ । अधीकांश घरहरु ढुङ्गाको छाना रातोमाटो अनि सेतो कमेरोले लिपेर चिटिक्क बनाउनु यहाका घरहरुको विशेषता हो । यहाको मानिसहरुको मुख्य पेशा नै कृष्िा भएता पनि यति बेला थुप्रै युवाहरु विदेशिएकेा अवस्था छ ।

यो गाउ मुख्य गरी चारवटा समुहमा विभाजित छ । जस अन्तर्गत गैरीगाउ, डाडा गाउ, छापा र देउराली छन् । यसरी भौगोलिक बनावट र ठूलो बाहूल्य भएको कारण चार समुहमा विभाजित भएपनि यहाका मानिसहरुमा आपसी समझदारी, मेलमिलाप र सहयोगी भावनामा भने कहिल्यै कुनै कमि आएको पाईदैन । यहाका सबै गुरुङहरु पूर्ण रुपमा आफ्नो भाषा बोल्दछन् ।

यो गाउ भौगोलिक रुपमा त्यति विकट नभएता पनि अहिलेसम्म यस गाउमा न त बिजुली बल्न सकेको छ, न त मोटर बाटो नै पुगेको छ । सदरमुकाम पोखराबाट यति नजिकको गाउ भएर पनि यहाका बुद्धिजीवि र राजनितिक दलका नेताहरुलाई अझै पनि गाउमा विकास गर्नुपर्छ भन्ने चेतना आएको पाइदैन । उनीहरु गाउको विकासको नाममा बजेट ल्याएर आफ्नो दुनो सोझ्याउनमा नै व्यस्त देख्ािन्छन् । तर सञ्चार सुविधाको भने केहि मात्रामा गाउलेहरुले सुविधा उपभोग गरिरहेका छन् । हामी आशा गरौं अब बन्ने नयाा नेपालमा एउटा सक्षम र नया नेतृत्वले यस गाउको विकास गर्नमा पूर्ण रुपमा पहल गर्नेछ । यसरी सुगम भएर पनि भौतिक सुविधाबाट बञ्चित यस गाउमा एउटा निम्न माध्यामिक बिद्यालय, उप स्वास्थ्य चौकी हुलाक र शिशु स्याहार केन्द्र अदि सञ्चालनमा रहेका छन् ।

गुरुङ जातिको बढी मात्रामा बसोबास रहेको यस गाउमा गुरुङहरुको आफ्नै संस्कार संस्कृतिहरु रहेका छन् । जस अन्तर्गत विवाह संस्कारको कुरा गर्नुपर्दा यहा दुई खाले विवाह प्रथा प्रचलित छन् । ती हुन् , मागी विवाह र चोरी विवाह । मृत्यु संस्कारको कुरा गर्नु पर्दा बोन परम्परा र महायानी लामा परम्परा यी दुईखाले परम्पराबाट मृतकको दाहसंस्कार गर्ने गरिन्छ । भने अर्घाै संस्कार पनि यसरी नै अघि बढेको पाईन्छ ।

मुलतः तिन रातको अर्घाै गर्ने चलन नै यस गाउमा ब्याप्त रहेको छ भने अर्घाै गर्दा पनि एक थरी मानिसहरु काटमार गर्ने र अर्को थरी मानिसहरु काटमार नगर्ने यि दुई संस्कारमा यहाका मानिसहरु आबद्ध रहेका छन् । यसको अलाबा कुल पुजा गर्ने भुमि पुजा गर्ने छ्योपा गर्ने यहाका गुरुङहरुको मुख्य संस्कार हो , भने दशै तिहार ल्होसार माघे सक्रांंति बुद्ध जयन्ति आदि चाड पर्वहरु धुमधाम संग मनाउनु र परम्परा देखिको घााटु नाचलाई जगेर्ना गर्दै आउनु यहाको बिषेशता हो ।

यसरी प्रकृतिक रुपमा सुन्दर र संस्कार संस्कृतिमा अत्यन्तै धनी यस याङ्जाकोट गाउमा पुग्ने जो कोहीको मन नलोभिएला भन्न सकिन्दैन । यस गाउको वास्तव्ािक मुहार हेरेर अनुभब गर्न सबै जना एक पटक भए पनि यस गाउको भ्रमण गर्नु हुन सम्पुर्ण असल र स्वच्छ मनहरुलाई हार्दिकता पुर्वक अनुरोध गर्दछु ।

प्रस्तुती : रोशनी तमू
याङ्जाकोट -१ कास्की

Source: http://www.tamusamaj.com

Comments

No comments yet
*Name:
Email:
Notify me about new comments on this page
Hide my email
*Text:
 
 
Prem.net.np is not responsible for any content or the accuracy of the contents in any opinion article. Respective authors and bloggers are responsible for the contents that comes in the interaction.
 
© http://www.prem.net.np All Rights Reserved!
Visitor No: